
काठमाडौं । ३जी सेवा बन्द भएसँगै सम्बन्धित क्षेत्रका ग्राहकलाई एनसेलले ४जी मा अपग्रेड हुन आग्रह गरेको छ । ४जी सेवा प्रयोग गर्न ४जी सपोर्ट गर्ने मोबाइल फोन, ४जी सिमकार्ड वा ई–सिम र ४जी नेटवर्क उपलब्ध हुनुपर्नेछ ।
भोल्टे सेवा प्रयोग गर्न ४जी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले ८१२३८ ११३ डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।
भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा फोन सम्पर्क छिटो स्थापित हुने कम्पनीको दाबी छ । ग्राहकले भ्वाइस कलसँगै फोरजी डेटा सेवा पनि उही शुल्कमा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
प्रतिक्रिया