logo
  • २०८३ कार्तिक २६ | Wed, 11 Nov 2026
  • Dark Mode

          Subscribe

    बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ?

    • econmanduu econmanduu
    • २०८३ आश्विन २१, बुधबार १४:५९
    बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ?

    काठमाडौं – बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। अर्को सूचना नभएसम्मका लागि यो मार्ग ठप्प रहने बताइएको छ।

    असोज १० गते बिहान ०५:५० बजे रघुगंगा गाउँपालिका-०२ बैसरीमा पहिरो खस्दा वेनि-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज १४ गते अपराह्न १६:४५ बजे बौदिकाली गाउँपालिका-०३ जन्ती पहिरोमा पहिरो जाँदा कालीगण्डकी कोरिडोर एकतर्फी मात्र सुचारु छ। ठुला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।

    असोज १८ गते अपराह्न १६:०० बजे मनाङ बाढीका कारण प्रभावित बनेको बेशीसहर हुँदै खाङसार सम्म जाने सडक हाल एकतर्फी सुचारु रहेको छ। अवरुद्ध राजमार्गहरू खुलाउन र यातायात सहज बनाउन सम्बन्धित निकायहरू सँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। यात्रामा निस्कनु अघि सडकको अद्यावधिक अवस्था बुझ्न यात्रुहरू लाई आग्रह गरिएको छ।

    क्र.सं. प्रदेश जिल्ला/स्थान सडक/राजमार्ग अवरोधको कारण अवस्था मिति/समय थप विवरण
    १ बागमती रसुवा रसुवा जिल्लाका मुख्य राजमार्गहरू बाढी पूर्ण रूपमा अवरुद्ध भदौ १० गते अर्को सूचना नभएसम्म मार्ग ठप्प रहने
    २ गण्डकी म्याग्दी, रघुगंगा–२ बैसरी बेनी–जोमसोम सडकखण्ड पहिरो पूर्ण रूपमा अवरुद्ध असोज १०, बिहान ०५:५० सडकमा पहिरो खसेका कारण यातायात बन्द
    ३ गण्डकी नवलपुर, बौदिकाली–३ जन्ती कालीगण्डकी कोरिडोर पहिरो एकतर्फी मात्र सञ्चालन असोज १४, अपराह्न १६:४५ ठूला गाडीहरू आवतजावत गर्न नसक्ने
    ४ गण्डकी मनाङ बेंसीसहर–खाङसार सडक बाढी एकतर्फी मात्र सञ्चालन असोज १८, अपराह्न १६:०० सडक बाढीबाट प्रभावित

     



    econmanduu econmanduu    
  • २०८३ आश्विन २१, बुधबार १४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP