logo
  • २०८३ कार्तिक २९ | Sat, 14 Nov 2026
  • Dark Mode

          Subscribe

    काँडाघारीमा चल्यो गोली, ३ लुटेरा पक्राउ

    • econmanduu econmanduu
    • २०८३ आश्विन २२, बिहीबार १५:०५
    काँडाघारीमा चल्यो गोली, ३ लुटेरा पक्राउ

    काठमाडौं – प्रहरीले गोली चलाएर लुटेरा समूहका ३ जनालाई पक्राउ गरेको छ।

    बुधबार राति काँडाघारीमा प्रहरीले गोली चलाएर लुटेरालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।

    उनका अनुसार आयन रायमाझी भन्ने व्यक्ति गोली लागेर घाइते समेत भएका छन्। रायमाझीलाई पक्राउ गर्न प्रहरीले सुरूमा हवाइ फायर गरेको थियो। त्यसपछि उनको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको एसएसपी घिमिरेले बताए।

    रायमाझी सँगै लुटपाटमा संलग्न अरू २ जनालाई पनि पक्राउ गरेको छ। यो समूहले पटक-पटक लुटपाट मच्चाउने गरेको प्रहरीले जनाएको छ। परिसरले घटना सँग सम्बन्धित थप अनुसन्धान अघि बढाएको छ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन २२, बिहीबार १५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP