logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    एमालेले तोक्यो पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी र भूमिका

    • econmanduu econmanduu
    • २०८३ आश्विन २०, मंगलवार १६:१३
    एमालेले तोक्यो पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी र भूमिका

    काठमाडौं – एमालेले पूर्वराष्ट्रपति रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।

    केही दिन अघि सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई पार्टीको दोस्रो वरीयता दिइएको हो ।

    भण्डारीले अब केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने भएकी छन् । उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने तथा अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने अपानिमा उल्लेख छ ।

    वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने जिम्मेवारी भण्डारीले पाएकी छन् ।

    एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था नभए पनि भण्डारीका लागि सो पद सिर्जना गरिएको हो । वरिष्ठ नेता थप भएपछिको विधानको व्यवस्थालाई आगामी विधान महाधिवेशनले अनुमोदन गर्ने एमालेले जनाएको छ । दुई कार्यकाल राष्ट्रपति हुनुअघि भण्डारी एमालेमा उपाध्यक्षको भूमिकामा थिइन् । भण्डारी अब एमालेमा ओलीपछि शक्तिशाली बनेकी छन् ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन २०, मंगलवार १६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP