logo
  • २०८३ कार्तिक २ | Sun, 18 Oct 2026
  • Dark Mode

          Subscribe

    ११.९६ अंकले बढ्यो नेप्से

    • econmanduu econmanduu
    • २०८३ आश्विन २१, बुधबार १५:०८
    ११.९६ अंकले बढ्यो नेप्से

    काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला २  कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने सामान्य बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.०० अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

    आज कारोबारमा आएको १३ मध्ये २ उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी ११ उपसमूहको सेयर मूल्य बढेको छ ।

    नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज कारोबारमा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    आज पनि घलेम्दी हाइड्रो कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। लिबर्टी इनर्जीको करिब १४ करोड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे नौ करोड रुपैयाँ नाघेको छ।

    त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ५.११ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। सर्वोत्तम पेन्ट्सको सेयरमूल्य करिब ५ प्रतिशत घटेको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन २१, बुधबार १५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP