logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता

    • econmanduu econmanduu
    • २०८३ आश्विन २२, बिहीबार १५:००
    सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् ।

    उनले सञ्चारकर्मीहरू सँग राष्ट्रिय सभागृहमा बोल्दै भने, ‘ विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’

    यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।

    उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए ।

    राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन २२, बिहीबार १५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP