logo
  • २०८३ कार्तिक ३० | Sun, 15 Nov 2026
  • Dark Mode

          Subscribe

    दुर्गा प्रसाईंलाई धराैटीमा छाड्न अदालतको आदेश

    • econmanduu econmanduu
    • २०८३ आश्विन २०, मंगलवार १६:१६
    दुर्गा प्रसाईंलाई धराैटीमा छाड्न अदालतको आदेश

    काठमाडौं – जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

    प्रसाईंले युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन २०, मंगलवार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP