logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य प्रतितोला २९०० रुपैयाँले घट्यो

    • econmanduu econmanduu
    • २०८३ आश्विन १८, आईतवार १५:०३
    सुनको मूल्य प्रतितोला २९०० रुपैयाँले घट्यो

    काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २९०० रुपैयाँले घटेर २ लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५० हजार २५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७६४ रुपैयाँ कायम भएको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १८, आईतवार १५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP