logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभाको बैठक बसेको थियो, यस्तो थियो सम्भावित कार्यसूची

    • econmanduu econmanduu
    • २०८३ आश्विन १४, बुधबार १५:५९
    प्रतिनिधिसभाको बैठक बसेको थियो, यस्तो थियो सम्भावित कार्यसूची

    काठमाडौं – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बसेको थियो।

    दिउँसो एक बजेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

    यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।

    त्यसैगरी, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १४, बुधबार १५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP