logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    बीमा प्राधिकरणका ४ जना कर्मचारी बढुवा

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०५:४०
    बीमा प्राधिकरणका ४ जना कर्मचारी बढुवा

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका ४ जना कर्मचारी बढुवा भएका छन् । प्राधिकरणमा प्रशासन समूह, अधिकृत प्रथम श्रेणी, निर्देशक पदका लागि माग भएका ४ जना कर्मचारीलाई आन्तरिक मूल्यांकनका आधारमा उपनिर्देशकलाई निर्देशकमा बढुवा गरेको हो ।

    बढुवा हुनेहरुमा पहिलो नम्बरमा ध्रुव तिमिल्सिना छन् । उनले आन्तरिक मूल्यांकनमा ९१.४३८ अंक ल्याएका छन् । त्यस्तै, कुन्दन सापकोटाले ९१.१३८ अंक ल्याएर दोस्रो नम्बरमा बढुवा भएका छन् ।

    त्यस्तै, शाम्भराज लामिछानेले ८५.९९० अंक ल्याएका छन् भने निर्मल अधिकारीले ८३.४९१ अंक ल्याएर बढुवा हुन सफल भएको प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । उक्त आन्तरिक बढुवाका लागि ९ जना कर्मचारीले आवेदन दिएका थिए ।

     

     



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP