logo
  • २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री शाहले मन्त्रीहरु सँग गरेको कार्यसम्पादन सम्झौतामा के छ ?

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३, बुधबार १५:११
    प्रधानमन्त्री शाहले मन्त्रीहरु सँग गरेको कार्यसम्पादन सम्झौतामा के छ ?

    प्रधानमन्त्री वालेन्द्र शाह सँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

    बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान-प्रदान गरेका हुन् । उनीहरु सँग सुशासन, सामाजिक न्याय र समृद्धि सँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

    प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

    साथै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री सँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

    कार्यसम्पादन सम्झौता गर्दा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थता तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव संसदमा सहभागी हुनुपरेकाले उपस्थित हुन सकेनन् ।

    आजै प्रधानमन्त्री शाह सँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३, बुधबार १५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP