
लुभु,ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्वर -८,मा रहेको लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा आयोजित १५औँ वार्षिकोत्सव एवं ११औँ वार्षिक साधारण सभा कार्यक्रम खानेपानीको दीर्घकालिन समस्या समाधान खोज्ने लक्ष्य” सहित सम्पन्न भएको छ।
आज असोज ११ गते आइतबार लुभु रोयल बेङ्कैटमा आयोजित १५औँ वार्षिकोत्सव एवं ११औँ वार्षिक साधारण सभा कार्यक्रममा नगर प्रमुख हरिगोबिन्द श्रेष्ठको प्रमुख आतिथ्यता,विभिन्न खानेपानीका नेतृत्वहरुको विशेष आतिथ्यता र अतिथिहरुमा वडा न ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ ,वडा न ९ क अध्यक्ष जयकृष्ण बोगटी,वडा न ७ क अध्यक्ष बाबुराजा महर्जन लगायत अन्य वडाका अध्यक्षहरु ,इकोन मिडिया ग्रुपका अध्यक्ष तथा जनता टेलिभिजनका नि सीइओ एवं ललितपुर क्षेत्र न २ प्रतिनिधि सभा सदस्यका प्रत्यासी युवाअर्थशास्त्री रमेश आचार्य ,वडा न ८ का वडा सदस्यहरु बिनोद केसी ,जयन्तिमहर्जन लगायत विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष सानुकान्छा श्रेष्ठको सभापतित्व आयोजित कार्यक्रममा संरक्षक इ राम ब श्रेष्ठ ,उपाध्यक्ष सरु श्रेष्ठ लगायतका सम्पूर्ण कार्यसमितिको टिम,सरोकारवाला देखि उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख हरिगोविन्द श्रेष्ठ लुभु लगायत समग्र महालक्ष्मीमा पानीको समस्या हल नभै सकेकोले दीर्घकालिन समस्या समाधानका लागि एकिकृत योजना बनाएर अगाडि बढ्नुपर्ने र यो कार्यमा नगरपालिकाले काम विभिन्न तवरले गरिरहेको बताउनुभयो।
यस्तै संस्थाका अध्यक्ष सानुकान्छा श्रेष्ठले पानीका मुहानहरुको खोजि,पानीको स्टोर र सेवा बिस्तारमा संस्थाले विशेष ध्यान केन्द्रीत गरेर निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। ऐतिहासिक पानीका मुहानहरुबाट पानी ल्याउने कार्य भैरहेकोले दीर्घकालिन समस्या समाधानका लागि
संस्था निरन्तर लाग्ने दाबी गर्नु भयो।
प्रतिक्रिया