logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    नेपालमै एक दिनमा सबैभन्दा ठूलो रक्तदान, ४,९७२ पिन्ट संकलन

    • econmanduu econmanduu
    • २०८२ भाद्र ६, शुक्रबार १७:०७
    नेपालमै एक दिनमा सबैभन्दा ठूलो रक्तदान, ४,९७२ पिन्ट संकलन

    काठमाण्डौ, भदौ ६ ।
    ब्रह्माकुमारीज संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालकाे इतिहासमै पहिलो पटक एकै दिन ४,९७२ पिन्ट रगत संकलन भएको छ ।

    नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै रेकर्ड ब्रेकिङ रक्तदान अभियानका रूपमा स्थापित भएको छ ।

    यो अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभर फैलिएका शाखाहरुको आयोजनामा तथा विभिन्न सामाजिक संघ–संस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको हो । यस अन्तर्राष्ट्रिय अभियान अन्तर्गत १०० घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

    यसको राष्ट्रिय शुभारम्भ भाद्र १ गते ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    पहिलो दिनमै ऐतिहासिक उपलब्धि

    अभियानको पहिलो दिन अर्थात् भाद्र ६ (अगस्ट २२) मा नेपालभरका ब्रह्माकुमारीजका शाखाहरुबाट संकलित रगतको विवरण यसप्रकार छ :

    काठमाडौं क्षेत्र : १,७४५ पिन्ट

    विराटनगर क्षेत्र : १,३०२ पिन्ट

    नारायणगढ क्षेत्र : ७२७ पिन्ट

    नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट

    बीरगंज क्षेत्र : २२० पिन्ट

    पोखरा क्षेत्र : १४९ पिन्ट

    दाङ क्षेत्र : १३७ पिन्ट

    बुटवल क्षेत्र : १२१ पिन्ट

    हेटौंडा क्षेत्र : ११३ पिन्ट

    जनकपुर क्षेत्र : १०० पिन्ट

    भैरहवा क्षेत्र : ६७ पिन्ट

    राजविराज क्षेत्र : २५ पिन्ट

    कुल संकलन : ४,९७२ पिन्ट

    यो संख्याले नेपालमा एकै दिनमा संकलित रगतको हालसम्मकै उच्चतम रेकर्ड कायम गरेको छ ।

    अभियान निरन्तर जारी

    यस रक्तदान अभियान अगस्ट २२ देखि २५ सम्म (भदौ ६–९) निरन्तर चल्नेछ र यस अवधिभर नेपाल–भारतका सयौं स्थानमा हजारौं स्वयंसेवकहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

    यस अभियानलाई सामाजिक सद्भाव, मानव सेवा र विश्व बन्धुत्वको ऐतिहासिक उदाहरणका रूपमा लिइएको छ ।



    econmanduu econmanduu    
  • २०८२ भाद्र ६, शुक्रबार १७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP