logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने

    • econmanduu econmanduu
    • २०८३ भाद्र २२, सोमबार १५:५५
    प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन् । महासभालाई सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो अवधिको हुने बताइएको छ । महासभामा सम्बोधनका क्रममा उनले नेपालमा पछिल्लो समय देखिएको जलवायुजन्य विपद् र त्यसले निम्त्याएको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

    विशेषगरी भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम सँग जोडेर प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्नेछन् ।

    यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल महासभामा सहभागी हुने तयारी थियो । तर भोटेकोशी बाढीपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलमा करिब १० जनासम्म सदस्य रहने बताइएको छ ।

     

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र २२, सोमबार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP