
काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका पूर्व-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
पूर्व-प्रधानन्यायाधीश राणालाई पिएसओसहित शनिबार मध्यरात घरबाटै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यरात उनको घरमा पुगेर नियन्त्रणमा लिएर कार्यालयमा आएको थियो।
मध्यराति नै राणासँग सोधपुछ गरिएको थियो ।
राणालाई पक्राउ गरेको विषयमा कांग्रेस, एमाले, नेकपा, कानुन व्यवसायी, पूर्वन्यायाधीश, नागरिक समाजलगायतले कडा आपत्ति जनाएका छन् ।
प्रतिक्रिया