
काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ ठाउँबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।
निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने ठाउँहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन् ।
निगमले ती ठाउँमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने बताएको छ ।
प्रतिक्रिया