logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    सशस्त्रका एआईजी दाहाल निलम्बनमा

    • econmanduu econmanduu
    • २०८३ आश्विन १९, सोमबार १६:३०
    सशस्त्रका एआईजी दाहाल निलम्बनमा

    काठमाडौं – गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ ।

    मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सशस्त्र प्रहरी बलले दाहालले सुरक्षा सँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

    उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयबाट दाहाललाई निलम्बन गर्दै घटनाको छानबिनका लागि जाँचबुझ अधिकृतसमेत तोकेको जनाएको छ ।

    मन्त्रालयले जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    दाहालको पदावधि यही २८ असोजमा सकिँदैछ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १९, सोमबार १६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP