logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    संसदमा पुगेर प्रधानमन्त्री बालेनले भने, शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन ।

    • econmanduu econmanduu
    • २०८३ भाद्र १७, बुधबार १६:३४
    संसदमा पुगेर प्रधानमन्त्री बालेनले भने, शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन ।

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षण भरमै ठूलो मानवीय क्षति पुर्याएको बताए ।उनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

    प्रधानमन्त्री शाहले भने, ‘भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो । यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

    उनले विपतबाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति ती जिल्लाको मात्र नभई सिंगो देशको साझा पीडा भएको बताए ।यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने ।

    प्रधानमन्त्री शाहले संकटका बेला नेतृत्वले निराशा होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्ने बताए । विपद्को समयमा थकान र पीडाका कारण विश्राम लिने अवस्था नरहेको उल्लेख गर्दै उनले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।‘शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन । संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड–भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ, त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन । हामी लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

    उनले विपत्तिको सामना गर्न दृढ संकल्प र साहसका साथ अघि बढ्नुको विकल्प नरहेको बताए ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र १७, बुधबार १६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP