logo
  • २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    हेटौँडा–काठमाडौं वैकल्पिक सडक सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार

    • econmanduu econmanduu
    • २०८३ भाद्र २०, शनिबार ११:०८
    हेटौँडा–काठमाडौं वैकल्पिक सडक सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार

    हेटौँडा– बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिकमार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

    मुख्यमन्त्री थापाले मुख्य राजमार्गमा पटक-पटक देखिने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवत-जावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

    मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार तथा  विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा सहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

    मुख्यमन्त्री थापाकाअनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ ।

    सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ सवारी आवागमन योग्य बनाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए ।

    उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायतका मुख्य सडक अवरुद्ध भएका बेलायात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहजहुने अपेक्षा गरिएको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २०, शनिबार ११:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP