logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    पुराना दलका नेतालाई सुधनले भने: ‘सुध्रिनुस् अझै समय छ’

    • econmanduu econmanduu
    • २०८३ भाद्र २३, मंगलवार १६:१०
    पुराना दलका नेतालाई सुधनले भने: ‘सुध्रिनुस् अझै समय छ’

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकार सँग ठूलो आशा राखेको भन्दै आफूहरू लाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।

    मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए ।

    उनले आन्दोलनका क्रममा रगताम्य अवस्थामा रहेका घाइतेलाई अस्पताल पुर्याएको र शहीदहरू लाई काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए ।

    उनले भने, ‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ । जसरी तपाईँ–हामी मिलेर गत भदौ २३ गते आन्दोलन गर्‍यौँ । यही ठाउँमा बसेर हामीले लड्दै गर्दाखेरी कति भाइहरू लाई उठायौँ, रगतै–रगत भएका भाइबहिनीहरू लाई अस्पताल पुर्‍यायौँ स्मरण छ । अझै पनि त्यो रगत मेरो हातमा लागेको रगत तातै महसुस हुन्छ । ती शहीदहरू लाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झिँदा अझै पनि यो काँध भारी भइरहन्छ ।

    गुरुङले घाइते जेनजी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए । सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ ।

    ‘भाइहरू मकहाँ आउनुहुन्छ आशाका साथ । कोही हातविना, कोही खुट्टाविना आउनुहुन्छ । देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनी जसरी आशाका साथ मलाई हेर्नुहुन्छ त्यसैले सुत्न पनि डर लाग्छ । कुनै मेरो कुनै कमजोरी पो भइहाल्ने हो कि, एकसय दिनुपर्नेमा ९९ मात्र पो हुने हो कि भन्ने पनि डर लाग्छ । उहाँहरू ले जसरी विश्वास गर्नुभएको छ, आफूले सक्ने हरदम प्रयास गरिरहेको छु । म मात्र होइन नेपाल सरकार नै निरन्तर लागिरहेको छ,’ उनले भने ।

    उनले वर्तमान परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरू लाई नै जाने दाबी गरे ।

    गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने बताए ।

    ‘अचम्म लाग्छ, पुराना दलका साथीहरू ले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहनु भएको छ । म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, सुध्रिनुस् अझै समय छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २३, मंगलवार १६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP