logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    भोटेकोशी बाढीः १३६७ शव फेला

    • econmanduu econmanduu
    • २०८३ भाद्र २४, बुधबार १५:०१
    भोटेकोशी बाढीः १३६७ शव फेला

    काठमाडौ‌ – रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ३६७ जनाको शव फेलापरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोटेकोशी र त्रिशूली बाढीपछि हराइरहेका १३२ जना अझै सम्पर्कविहीन छन् ।

    प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ । तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन् ।

    बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

    त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक करिब ५८९ जना सम्पर्कविहीन छन् । सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्र तुल्याइरहेको छ ।

    ,बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३,६४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६२८ जनाले विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

    प्राधिकरणका अनुसार बाढीमा परी घाइते भएका तथा प्रभावित ७,१५१ जना नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखि आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम गरिरहेका छन् ।

    त्यस कार्यमा सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय निरन्तर सक्रिय छन् । बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि खोजी, उद्धार, राहत र अन्य व्यवस्थापनको कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २४, बुधबार १५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP