
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पुरा गर्न पार्टी र सरकार एकसाथ अघि बढिरहेको प्रष्ट पारेका छन् ।
सभापति लामिछानेले मन्त्रीहरू तथा पार्टीका सांसदहरु संग आज संसद् सचिवालयमा छलफल गर्दै सरकार र पार्टी बीच थप सुमधुर सम्बन्ध कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन मन्त्री र सांसदहरुबीच छलफल भएको जानकारी दिए ।
रास्वपाका सभापति छामिछानेले प्रधानमन्त्री तथा पार्टीका बीचमा कुनै प्रकारको मतभेद नभएको र सरकार तथा पार्टीको विचार र नीति तथा कार्यक्रम विपरीतका कामहरू आफ्ना दलका सांसद र मन्त्रीहरू बाट नहोस् भन्ने उद्देश्यले आजको छलफल आयोजना गरिएको बताए ।
उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहका बीचमा दुई धार भएको विषयमा कुनै सत्यता नभएको बताए ।
उनले मन्त्रीहरू को कामकाज पूर्ण रुपमा सन्तोषजनक भएको उल्लेख गर्दै मन्त्रीहरू फेर्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी नभएको प्रष्ट पारे । उनले सानो समयमा मन्त्रीहरूले गरेको कार्यसम्पादन मा सामान्य प्रश्न उठ्नुलाई अस्वभाविक भन्न नमिल्ने बताउँदै त्यसमा सुधार गरेर बढ्न जरुरी रहेको बताए ।
प्रतिक्रिया