logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    भोटेकोशी बाढी : पोखरामा २१ शवको पहिचान

    • econmanduu econmanduu
    • २०८३ भाद्र १७, बुधबार १६:१२
    भोटेकोशी बाढी : पोखरामा २१ शवको पहिचान

    कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको पहिचान गरी परिवारलाई बुझाइएको छ ।

    पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै ५वटा शव रहेका छन् । ती शवमध्ये १ भन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ । ‘लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो । सबै शवको डिएनए लिएका छौँ । परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,’ बरालले भने ।

    धादिङबाट २२, गोरखाबाट ७, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो । शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको छ । शव पुरिसकेपछि गमला राखेर शवको सङ्केत नम्बरको स्ट्यान्ड’ बनाइएको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १७, बुधबार १६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP