logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    सर्वाधिक महंगो सेयर मूल्य भएको युनिलिभर, घट्यो दुबै नाफा र आम्दानी

    • econmanduu econmanduu
    • २०८३ श्रावण २८, बिहीबार १२:००
    सर्वाधिक महंगो सेयर मूल्य भएको युनिलिभर, घट्यो दुबै नाफा र आम्दानी

     

     

    काठमाडौं । दोस्रो बजारमा सर्वाधिक मंहगो सेयर मूल्य भएको युनिलिभरले लगानीकर्ता निराश बनाउँने वित्तिय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र आम्दानी दुबै घटेको छ ।

    आर्थिक वर्ष २०८२/०८३ मा युनिलिभरले १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको तुलनामा २० प्रतिशतले कम हो । अघिल्लो आवमा  कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    कम्पनीको प्रतिसेयर आम्दानी १,७३२ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २,१३१ रुपैयाँ थियो । युनिलिभरको ईपीएस ३९९ रूपैयाँले घटेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५,५३९ रुपैयाँ रहेको छ ।

    भारतमा भएको कर संरचनाको परिवर्तनले मूल्य निर्धारणमा परेको प्रभाव परेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । विशेष गरी पेट्रोलियम पदार्थसँग सम्बन्धित कच्चा पदार्थमा भएको मूल्य वृद्धि, उपभोक्ताको क्रयशक्तिमा आएको ह्रास र खर्च गर्ने बानीमा देखिएको सतर्कता, विश्वव्यापी भू-राजनीतिक तनाव र आपूर्ति श्रृंखलामा परेको अवरोधका कारण नाफा घटेको कम्पनीले जनाएको छ ।

    पछिल्लो ५२ हप्तामा यस कमपनीको सेयर मूल्य ४९ हजार ७३८ रुपैयाँ सम्म कायम भएको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ । ९ लाख २० हजार सात सय कित्ता सेयर  दोस्रो बजारमा सुचिकृत छ । यसमा ८५ प्रतिशत  संस्थापक सेयर छ भने १५ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ ।

     



    econmanduu econmanduu    
  • २०८३ श्रावण २८, बिहीबार १२:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP