logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    यहाँबाट हेर्नुहोस् ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओको नतिजा

    • econmanduu econmanduu
    • २०८१ चैत्र १२, मंगलवार १६:०९
    यहाँबाट हेर्नुहोस् ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओको नतिजा

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा १९ लाख ८५ हजार ६ सय ६३ जना आवेदकबाट २ करोड ३६ लाख ५९ हजार १ सय २० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिएको भन्दा १६.०२ गुणा बढीको आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड भएको छ । जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।

    कहाँबाट नतिजा हेर्ने ?

    कम्पनीको आईपीओ विभिन्न  तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार  सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

    मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १२, मंगलवार १६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP