
कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागुऔषध सहित उक्त व्यक्ति पक्राउ परेका हुन् । चालु आर्थिक वर्ष २०८३-८४ को साउन देखि भदौ २१ गतेसम्म लागुऔषध सम्बन्धी ११ मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला नेपाली नागरिक छन् । सो अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ । प्रहरीले उक्त अवधिमा गाँजा १३० ग्राम, चरेस ५ किलो २२५ ग्राम, हेरोइन ३ ग्राम १५० मि.ग्राम र अफिम १० किलो ३६४ ग्राम बरामद गरेको छ ।
नाइट्राभेट १० थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्र कुमार सिंहले जानकारी दिए । उनले लागुऔषध कारोबारमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिएको बताए । पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ ।
प्रतिक्रिया