काठमाडौं । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, सामाजिक सेवा प्रभागबाट आजदेखि नेपालमा बृहत रक्तदान अभियान सुरुवात भएको छ ।
दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतमा गरी एक लाख युनिट रक्त संकलन गर्ने उद्देश्यका साथ आजदेखि रक्तदान कार्यक्रम सुरु भएको हो । रक्तदान कार्यक्रम भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं उपत्यकामा मात्र ४९ स्थानमा रक्तदान सञ्चालन हुने भएका छन् । चार दिनमा ललितपुरमा १०, भक्तपुरमा १२ र काठमाडौंका २७ स्थानमा रक्तदान कार्यक्रम हुने ब्रम्हाकुमार विश्वनाथ घिमिरेले जानकारी दिए ।
संघसंस्थासँगको सहकार्य गर्दै रक्तदान कार्यक्रम अघि गरिएको छ । नेपाल रेडक्रस सोसाइटीसँग मात्र नभई विभिन्न अस्पतालसँग समन्वय गरेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको १३५ स्थानमा भदौ ६–९ गतेको अवधिमा सञ्चालन हुदैछ । नेपालमा १० देखि १५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको सेवा केन्द्रले आज भदौ ६ गते मात्रै ४९७२ पिण्ट रगत संकलन भएकाे छ।
चार दिनमा नेपाल र भारतमा गरी एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य छ । रगत संकलन अभियानले गम्भीर अवस्थाका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउने विश्वास आयोजकको छ ।
यही अभियान अन्तर्गत ब्रह्माकुमारी राजयाेग सेवा केन्द्र ललितपुर सातदोबाटोले नेपाल तेक्वान्दो संघको भवनमा बृहत रक्तदान कार्यक्रम शनिवार र आइतबार बिहान ८ वजे देखि दिनको १२ बजे सम्म हुनेछ । रक्तदानमा सहभागी हुन आम जन समुदायलाइ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ललितपुरले आव्हान गरेको छ ।
प्रतिक्रिया