logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    • econmanduu econmanduu
    • २०८३ भाद्र २, मंगलवार १२:५४
    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज   दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
    देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
    आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती,  गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २, मंगलवार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP