logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको १५औँ महाधिवेशनः आजबाट बन्दसत्र सुरू हुँदै

    • econmanduu econmanduu
    • २०८३ आश्विन १९, सोमबार १६:५५
    कांग्रेसको १५औँ महाधिवेशनः आजबाट बन्दसत्र सुरू हुँदै

    काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ। बन्दसत्र आज र भोलि चल्नेछ।

    बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

    त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ।यस्तै आज मतदाता नामावली प्रकाशन हुँदै छ। बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

    ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ। दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ।

    मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान बुधबा बिहानदेखि हुने कांग्रेसले जनाएको छ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १९, सोमबार १६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP