logo
  • २०८३ आश्विन २४ | Sat, 10 Oct 2026
  • Dark Mode

          Subscribe

    वान वर्ल्ड वान फ्यामिली मिसन नेपालले नुवाकोट देवीघाटमा बाड्यो राहत

    • econmanduu econmanduu
    • २०८३ आश्विन ८, बिहीबार ०६:५६
    वान वर्ल्ड वान फ्यामिली मिसन नेपालले नुवाकोट देवीघाटमा बाड्यो राहत

    देवीघाट,नुवाकोट । वान वर्ल्ड वान फ्यामिली मिसन नेपालले नुवाकोट विदुर -५,देवीघाट स्थित श्री सहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयका पिडित परिवारका छात्राहरु लाइ अति आवश्यक स्यानिटरी प्याड,भित्रि लुगाहरु लगायतका सामानहरु र प्राथमिक तहका विध्यार्थिहरुलाइ स्टेसनरी र खेलकुदका सामाग्रीहरु सहित लाखौ को राहत वितरण गरेको छ। कार्यक्रममा वान वर्ल्ड वान फ्यामिली मिसन नेपालका अध्यक्ष नरेश गौतम र विद्यालयका सहायक प्रधानाध्यापक बिष्णुमणि घिमिरेले संयुक्त रुपमा मन्तव्य राख्दै राहतवितरण सुरुवात गरेका थिए। कार्यक्रममा संस्थाका सचिव उज्वल अर्याल ,सदस्यहरु सगर समाल,गणेशकुमारी तिमिल्सिना ,शुभलाल सुनार , स्थानिय समाजसेवी ऋषि गौतम र इकोनमिडिया ग्रुपका अध्यक्ष तथा जनता टेलिभिजनका नि सीइओ युवा अर्थशास्त्री रमेश आचार्यको समेत उपस्थिति थियो।
    वान वर्ल्ड वान फ्यामिली मिसन नेपाल संस्थाका सचिव उज्वल अर्यालका अनुसार यस संस्थाले आगामी दिनमा पनि अझ ठुलो स्केलमा विपत सहयोग, स्वास्थ्य सेवा, शिक्षा क्षेत्रमा सहायता र विभिन्न विपन्न क्षेत्रमा बालबालिका लागि पौष्टिक आहार कार्यक्रम संचालन निशुल्क रुपमा गर्ने जानकारी दिनु भयो र यो संस्था भारतको कर्नाटक , मुद्दलिनी स्थित सत्य साइ ग्राम साइ ग्लोबल फेडेरेशन फाउन्डेशन अन्तर्गत अन्तरास्ट्रिय मिसन वान वर्ल्ड वान फ्यामिली मिसनको हिस्सा भएको र यसका संस्थापक सद्गुरु मधुसुदन साइ महाराज गुरु भएको जानकारी दिनु भयो।



    econmanduu econmanduu    
  • २०८३ आश्विन ८, बिहीबार ०६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP