logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    बढ्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

    • econmanduu econmanduu
    • २०८१ चैत्र १३, बुधबार ०७:५९
    बढ्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। युरोको मूल्य भने घटेको छ। विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियोे। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

     

    त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा छ। हिजो युरो १ को खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा थियो। त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा थियो। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ११ र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा थियो। त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा थियो।

    आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १३, बुधबार ०७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP