logo
  • २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    कुवेती दिनारको भाउ बढ्दा पाउण्ड र स्वीस फ्रयांक घटे, यस्तो छ आजको विनिमय दर

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३, बुधबार १६:४४
    कुवेती दिनारको भाउ बढ्दा पाउण्ड र स्वीस फ्रयांक घटे, यस्तो छ आजको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर १ को खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर रुपैयाँ ६१ पैसा, चिनियाँ युआन ९ को खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

    युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८४ पैसा र बिक्रीदर १० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३, बुधबार १६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP