काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा ६३ प्रतिशतले बढेको छ। बैंकको नाफा बढे पनि खराब कर्जा बढेको र वितरणयोग्य नाफा घटेकाले वित्तीय अवस्थामा मिश्रित संकेत देखिएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७ लाख रुपैयाँ थियो। यसअनुसार बैंकको नाफा एक वर्षमा ८१ करोड ७९ लाख रुपैयाँ अर्थात् ६३.०५ प्रतिशतले बढेको हो।
समूहगत आधारमा बैंक तथा सहायक कम्पनीहरूको समेकित खुद नाफा २ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ थियो।
प्रतिक्रिया