logo
  • २०८३ आश्विन २२ | Thu, 08 Oct 2026
  • Dark Mode

          Subscribe

    घनेन्द्र बस्नेतको निधनप्रति ओलीद्वारा श्रद्धाञ्जली

    • econmanduu econmanduu
    • २०८३ आश्विन १५, बिहीबार १५:५२
    घनेन्द्र बस्नेतको निधनप्रति ओलीद्वारा श्रद्धाञ्जली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    अध्यक्ष ओलीले बस्नेतको निधनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका एक योद्धा गुमाएको उल्लेख गरेका छन् । लामो जेल जीवन र यातनाका कठिन दिन पार गर्दै लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनमा बस्नेतले पुर्‍याएको योगदान स्मरणीय रहेको उनको भनाइ छ।

    ओलीले बस्नेतका संघर्षपूर्ण दिनहरू स्मरण गर्दै उनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सम्मानपूर्वक स्मरण भइरहने अध्यक्ष ओलीले बताएका छन् ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १५, बिहीबार १५:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP