logo
  • २०८३ आश्विन २४ | Sat, 10 Oct 2026
  • Dark Mode

          Subscribe

    भारतसहित १३ देशका लागि राजदूत सिफारिस, कुन देशका लागि को भए सिफारिस ?

    • econmanduu econmanduu
    • २०८३ आश्विन २, शुक्रबार १३:५२
    भारतसहित १३ देशका लागि राजदूत सिफारिस, कुन देशका लागि को भए सिफारिस ?

    काठमाडौं – सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरू मा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरू लाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरू लाई राजदूतमा सिफारिस गरिएको जानकारी दिएका छन्।

    सिफारिस गरिएका राजदूतहरू लाई अब सरकारले संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरू मा सहमतिका लागि (एग्रिमो) पठाउने कार्यतालिका छ। सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गरिने कानुनी व्यवस्था छ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्। संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्व-प्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

    यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

    १३ मुलुकका लागि राजदूत सिफारिस

    क्र.सं. मुलुक राजदूतका लागि सिफारिस व्यक्ति
    १ भारत डा. निश्चलनाथ पाण्डे
    २ चीन डा. कल्याणराज शर्मा
    ३ संयुक्त राज्य अमेरिका चिरनजङ्ग थापा
    ४ संयुक्त अधिराज्य (बेलायत) अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा
    ५ जापान जिग्यान कुमार थापा
    ६ इजरायल सुरेशकुमार कर्ण
    ७ स्पेन प्राप्ति शेरचन
    ८ जर्मनी शारू जोशी
    ९ ओमान डा. पद्माक्षी राणा
    १० मलेसिया चूडामणि खरेल
    ११ दक्षिण कोरिया प्रा. डा. सङ्गम श्रेष्ठ
    १२ श्रीलङ्का डा. मञ्चल झा
    १३ साउदी अरेबिया गिरीबहादुर सुनार

    नियुक्ति प्रक्रिया

    चरण प्रक्रिया
    १ मन्त्रिपरिषद्ले राजदूतका लागि नाम सिफारिस गर्ने
    २ सिफारिस भएका नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने
    ३ संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्ने
    ४ सम्बन्धित मुलुकमा सहमतिका लागि एग्रिमो पठाउने
    ५ सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति गर्ने

     



    econmanduu econmanduu    
  • २०८३ आश्विन २, शुक्रबार १३:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP