logo
  • २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

    • econmanduu econmanduu
    • २०८३ भाद्र २९, सोमबार १४:४७
    गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

    गुल्मी –  माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो।

    सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका, इन्द्रेगौँडाकी २९ वर्षीया कल्पना पुन रहेकी छन्। उनी इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाँदै गर्दा आइतबार साँझ दुर्घटनामा परेकी हुन्।

    घटनाको जानकारी पाउनासाथ प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

    हाल इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएर निरन्तर खोजी गरिरहेको छ। प्रहरीका अनुसार सोमबार बिहान साढे १० बजेसम्म पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २९, सोमबार १४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP