काठमाडौं । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि राहत लिएर नेपाल आइपुगेको छ । ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको हो ।बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत २६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रतिक्रिया