logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई विश्वासको मत

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३, बुधबार १५:५७
    सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई विश्वासको मत

    सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

    प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री भट्टले राखेको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा ३१ मत प्राप्त भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराए।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थन रहेको छ । प्रदेशसभामा नेकपाका २२ प्रदेशसभा सदस्य  रहेका छन्, जसमा सभामुख र १ सदस्य निलम्बित अवस्थामा हुन्। यस्तै, एमालेका ११ प्रदेशसभा सदस्य हुन्।

    भट्टको विपक्षमा १५ मत परेको छ । यहाँ विपक्षमा नेपाली कांग्रेसका १४ र राप्रपाका १ प्रदेशसभा सदस्य रहेका छन् । आजको बैठकमा कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती अनुपस्थित थिए।



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३, बुधबार १५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP