logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    अब ५० रुपैयाँको सामान किन्दा पनि बिल दिनुपर्ने,वाणिज्य विभागले अनिवार्य बिल बिजक जारी गर्नुपर्ने नियम ल्याउँदै

    • econmanduu econmanduu
    • २०८२ असार ३, मंगलवार १७:४८
    अब ५० रुपैयाँको सामान किन्दा पनि बिल दिनुपर्ने,वाणिज्य विभागले अनिवार्य बिल बिजक जारी गर्नुपर्ने नियम ल्याउँदै

    काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विक्रेताले सामान बिक्री गर्दा अनिवार्य बिल बिजक जारी गर्ने नियम चाँडै लागू गर्ने भएको छ । विभागका महानिर्देशक कुमार दाहालले बजारलाई संस्थागत बनाउन र सुधार गर्न बिक्रेताले सामान बेचेपछि अनिवार्य बिल दिने नियम ल्याउन लागिएको त्यसका लागि छिट्टैनै सूचना जारी गर्न लागिएको बताए । दाहालका अनुसार फर्म दर्ता गरेर बसेका जोकोहीले ५० देखि ५लाख सम्मको कारोबारमा बिल जारी अनिवार्य हुने छ । त्यसका लागि विभागले डिजिटल बिलिङ सिस्टम लागू गराउने तयारी गरेको छ ।

     

    अर्थतन्त्रको दायरा बढाउन काला बजारी रोक्न, नक्कली एक्जिम कोड पत्ता लगाउन र अनौपचारिक कारोबारलाई निरुत्साहन गरी रोजगारी सृजना गर्न बिल बिजक जारी गर्ने नियम लागू गर्नु अपरिहार्य भएको दाहालको भनाई छ । उनले भने,उपभोक्ताले तिरेको पैसा बराबरको बिल दिन ब्रिक्रेतालाई के अप्ठेरो ? अनिवार्य बिल बिजक जारीको नियमपछि उपभोक्ता राज्य र आयातकर्ता तीनै पक्षलाई फाइदा पुग्ने छ ।

     

    बिल बिजक जारी गर्दा उपभोक्ताले प्रत्येक माल बस्तु खरिद गर्दा तिर्ने कर राज्यको खातामा जम्मा हुनेछ । अटेर गरी बिल जारी नगन बिक्रेतालाई २ देखि ३ लाख जरिवाना लाग्ने छ । यो नियम लागू गराउन सूचना जार िपछिको १५ दिन समय दिइने महानिर्देशक दाहालले बताए । विभागले बजारलाई औपचारिकता दिन ईकमर्शमा जोड्ने गृहकार्य गरिरहेको छ ।



    econmanduu econmanduu    
  • २०८२ असार ३, मंगलवार १७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP