काठमान्डु
पूर्व सचिब भीम उपाध्यायले चलचित्र झिल्को ले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे । “प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन, यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ,” उपाध्यायले बताए । उनको भनाइमा, ‘झिल्को’ ले बहु आयामिक समस्याहरू देखाउँदै त्यसको समाधान पनि बहु आयामिक दृष्टिकोणबाट खोजिनुपर्ने सन्देश दिएको छ ।
समग्रमा, ‘झिल्को’ले शैक्षिक क्षेत्र, अभिभावकत्व, र प्रविधिको प्रयोगबिचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको छ । यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखहरूले समेत हेर्नुपर्ने चलचित्रका रूपमा विश्लेषण गरिएको छ ।
‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रा.लि. र जनता टेलिभिजन को सहकार्यले निर्माण भएको हो । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।
चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र झिल्कोमा कलाकार हरु रमेश आचार्य,आयुषि ढकाल,सुनिल पोख्रेल,बर्षा सिवाकोटि,बिशाल पोख्रेल आदिको बेजोड प्रस्तुति रहेको छ ।
प्रतिक्रिया