logo
  • २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    माथिल्लो त्रिशूली–१ जलविद्युतबाट ६ वटा शव बरामत

    • econmanduu econmanduu
    • २०८३ भाद्र २०, शनिबार ११:२१
    माथिल्लो त्रिशूली–१ जलविद्युतबाट ६ वटा शव  बरामत

    काठमाडौं । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइयेकाहरू को खोजी जारी रह्यो।

    स्वतन्त्र ऊर्जा उत्पादकहरू को संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ।

    शव चिन्न नसक्ने अवस्थामा रहेका छन्। शवको पहिचान खुल्न बाँकी छ।

    शुक्रबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य गरिएको थियो। उद्धारका लागि कोरियाली, शेर्पा, सर्च, ड्रोन टिम सक्रिय भएको छ भने विशेष क्यामेरा र तालिम प्राप्त कुकुर पनि सो क्षेत्रमा लगिएको छ।

    उद्धारका लागि कम्पनीले १५ वटा विभिन्न उद्धार गर्ने मेशिन तथा उपकरण पुर्‍याइएको जनाएको छ। शनिबार आयोजना स्थलमा उद्धारलाई तीव्रता दिने कम्पनीले जनाएको छ।

    सुरुङमा शुक्रबार वाटर पम्पको कार्य जारी राखिएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कूल एक हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार गरिएको छ।

    शुक्रबार नै प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले गृह सचिव केदारनाथ शर्मासँग भेट गरी उद्धारको अवस्थाको जानकारी गराएको छ।

    साथै, उद्धारका लागि आवश्यक थप उपकरण र मेशिनहरू लानका लागि सहजीकरण गर्न आग्रह गरेको छ। गृह सचिव शर्माले उपकरणहरू तुरुन्तै पठाउने जनाएका छन्।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २०, शनिबार ११:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP