
काठमाडौं – मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारा स्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।सडकमाथि बाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो । पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सडक अवरुद्ध बनेका कारण राजमार्गका विभिन्न स्थानमा जाम भनेक कायमै रहेको छ ।
प्रतिक्रिया