


लुभु,ललितपुर। ब्रह्माकुमारीज संस्थाको पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको उन्नाईसौ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. आठ ,नौ र समाजसेवा प्रभाग, ब्रह्मकुमारीजको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रमको उद्घाटन सत्रमा सभाको अध्यक्षता ब्रह्मकुमारी राजयोग उपसेवाकेन्द्र सिस्नेरी तथा महालक्ष्मी नगरपालिका क्षेत्र कि प्रमुख संचालिका ब्रह्मकुमारी नानु दिदि जी,प्रमुख अतिथिमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ विषेस अतिथिमा उपमेयर लक्ष्मी महर्जन ,वडा नं. आठका वडाध्यक्ष विश्वराज श्रेष्ठ ,वडा नं. ९ का वडाध्यक्ष जयकृष्ण बोगटी ,वडासदस्यहरु बिनोद केसी , जयन्ति महर्जन ,श्रीधर पोख्रेल तथा इकोन मेडिया ग्रुपका अध्यक्ष तथा जनता टेलिभिजनका नि प्रमुख कार्यकारी अधिकृत (सीइओ ) रमेश आचार्य लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु थिए।



“रक्तदान, जीवनदान” भन्ने नारासहित आयोजना भएको कार्यक्रम २०८३ भदौ ५ गते शुक्रबार वडा नं. ९ कार्यालय परिसर लामाटारमा सञ्चालन भएकाे थियाे भने आज शनिबार वडा नं. आठ,लुभु स्थित लाछी परिसरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सयाैँले रक्तदान गरेकाे आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न संघ–संस्था, विद्यालय, सहकारी तथा सामाजिक संस्थाहरूले सहकार्य गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया