logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    शेयरबजारमा झिनो सुधार, ७ अंकले परिसूचक बढ्यो, कारोबार ४ अर्ब बढीको कारोबार

    • econmanduu econmanduu
    • २०८३ भाद्र ४, बिहीबार १३:४२
    शेयरबजारमा झिनो सुधार, ७ अंकले परिसूचक बढ्यो, कारोबार  ४ अर्ब बढीको कारोबार

    काठमाडौं – लगातार ४ कारोबार दिनको गिरावटपछि बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अंकले बढेर ४६२.८९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.४२ अंकले बढेर १८०.३८ तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेर १५६.३१ विन्दुमा पुगेको छ।

    बिहीबार ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४७ हजार ९१९ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत सुधार आएको हो।

    कारोबारमा आएका १३ उपसमूह मध्ये ६ वटा समूहको सूचक बढेको छ भने ७ वटा समूह घटेका छन्। यस्तै, १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज सर्वोत्तम पेन्ट्स, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फन्डका लगानीकर्ता बढी लाभान्वित भएका छन्। माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।

    त्यस्तै, कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले आज गुमाएका छन्। सबैभन्दा धेरै कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ९.७७ प्रतिशतले घटेको छ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र ४, बिहीबार १३:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP