logo
  • २०८३ आश्विन २४ | Sat, 10 Oct 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

    • econmanduu econmanduu
    • २०८३ आश्विन २, शुक्रबार १३:५५
    राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

    काठमाडौं – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालय बाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

    त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय सँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

    त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन २, शुक्रबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP