logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

    • econmanduu econmanduu
    • २०८३ भाद्र १, सोमबार १३:४६
    देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज देखि बन्द गर्ने घोषणा गरेको छ ।

    संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।

    म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।

    संघले यसअघि आन्दोलनका चरण अन्तर्गत पूर्व अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङ लगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरेको हो ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १, सोमबार १३:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP