logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

    • econmanduu econmanduu
    • २०८३ भाद्र १, सोमबार १३:४०
    एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

    काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफलमा करसमेत समावेश रहेको छ ।

    योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन् । प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१ गते एक दिन बुक क्लोज गरेको थियो ।

    फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि कायम इकाइ पुँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट) खातामा प्रतिफल रकम जम्मा गरिने फण्डले जनाएको छ ।

    यस्तै, डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी इकाइधनीका हकमा वितरण हुने प्रतिफल रकमबाट प्रचलित कानुनबमोजिम कर कट्टी गरिनेछ । कर कट्टीपछि बाँकी रकमबाट थप इकाइ खरिद गरिने व्यवस्था गरिएको छ । यसरी खरिद गरिएका थप इकाइको विवरण सम्बन्धित इकाइधनीको हितग्राही खातामा प्रतिबिम्बित गरिनेछ ।

     

    फण्डले आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका इकाइधनीलाई यथाशीघ्र बैंक खाता विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंक खाता विवरण अद्यावधिक भएपछि मात्र प्रतिफल रकम सम्बन्धित खातामा जम्मा गर्न सहज हुने फण्डले जनाएको छ ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र १, सोमबार १३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP