logo
  • २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    नुवाकोटमा भिडियो खिच्दाखिच्दै ज्यान गुमाउने धेरै रहेछन् : गगन थापा

    • econmanduu econmanduu
    • २०८३ भाद्र २१, आईतवार १५:१५
    नुवाकोटमा भिडियो खिच्दाखिच्दै ज्यान गुमाउने धेरै रहेछन् : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नुवाकोटका केही मानिसहरु बाढीलाई हेलचेक्र्याइँ गर्दा बगेको बताएका छन् । नेपाली कांग्रेसको आज आइतबार आयोजित कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले भने, म बाढीपछि नुवाकोट पुग्दा हेरेको कतिपय भिडियोहरु मा भिडियो बनाउँदा बनाउँदै गरेकाहरु लाई पानीले निलेको देखेँ । पूर्व सूचना पाइसकेकाहरु पनि यो खासै ठूलो बाढी होइन भनेर हेलचेक्र्याइँ गर्नेहरु बाढीसँगै बगेको देखेँ ।
    भदौ १० गतेको विनासकारी बाढीपछि पहिलोपटक बसेको कार्यसम्पदान समिति बैठकमा उनले सुनाए, कतिपय जोगिन सक्नेहरु पनि थन्क्याएको पैसा सुनचाँदी यस्तै लिन जानेहरु बाढीमा परेका रहेछन् ।
    सभापति थापाले बाढीपछि राष्ट्रिय सरक्षाको चुनौतिको विषय टड्कारो बनेको र यसबारे वैज्ञानिक अध्ययन गर्नु जरुरी रहेको औँल्याए ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २१, आईतवार १५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP