logo
  • २०८२ फाल्गुन १८ | Mon, 02 Mar 2026
  • Dark Mode

          Subscribe

    ललितपुर-२ मा नेकपा (संयुक्त) बाट युवा अर्थशास्त्री रमेश आचार्य को उम्मेदवारी

    • econmanduu econmanduu
    • २०८२ माघ ६, सोमबार १६:०४
    ललितपुर-२ मा नेकपा (संयुक्त) बाट युवा अर्थशास्त्री रमेश आचार्य को उम्मेदवारी

    ललितपुर,  चन्द्रदेव जोशी अध्यक्ष र घनश्याम भुसाल कार्यबहाक अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट ललितपुर क्षेत्र न.२ मा युवा अर्थशास्त्री रमेश आचार्य प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने भएका छन् ।

    महालक्ष्मी नगरपालिका-८,लुभु ललितपुर निवासी आचार्य नेकपा संयुक्तका केंद्रीय सदस्य तथा केन्द्रीय सम्पर्क समन्वय कमिटी संयोजक हुन् । आचार्य ले पुरानो भ्रष्ट दलतन्त्रबाट देशलाई उन्मुक्ति दिलाउँदै, नयाँ भनिएका तर विचारविहीन भीडको हातमा राजनीति पुग्न नदिन आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । उनले राजनीतिको मूल मर्म विचार, सिद्धान्त र जिम्मेवार नेतृत्व भएको उल्लेख गर्दै अहिलेको राजनीतिक अभ्यास त्यसबाट विचलित हुँदै गएको बताए ।

    युवाहरूको भावना र अपेक्षाको प्रतिनिधित्व गर्दै विचारसहितको नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको आचार्यले बताए ।



    econmanduu econmanduu    
  • २०८२ माघ ६, सोमबार १६:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP