logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    ब्रह्माकुमारी राजयोग उप सेवाकेन्द्र सिस्नेरी ्लामाटार ललितपुरले गर्यो ८४ पिन्ट रगत संकलन

    • econmanduu econmanduu
    • २०८२ भाद्र ७, शनिबार १६:१७
    ब्रह्माकुमारी राजयोग उप सेवाकेन्द्र सिस्नेरी ्लामाटार ललितपुरले गर्यो ८४ पिन्ट रगत संकलन

     

    लुभु,ललितपुर  ।। ब्रह्माकुमारीज संस्थाको अन्तर्राष्ट्रिय मुख्य प्रशासिका राजयोगिनी दादी डा. प्रकाशमणि दादीज्यूको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसका अवसरमा नेपाल र भारत भर रहेका हजारौं ब्रह्माकुमारीजका शाखाहरुको आयोजना र विभिन्न संघ संस्थाहरुको सहभागितामा भाद्र ६–९ (२२–२५ अगष्ट) सम्म १०० घण्टामा १००००० पिन्ट रक्त संकल्न गरि अत्यन्त उच्च स्तरको मानविय तथा सामाजिक सेवा गर्ने लक्ष्य राखेको छ ।

    नेपालमा पहिलो दिन भाद्र ६ गते ब्रह्माकुमारीज ललितपुर क्षेत्रीय कार्यालय अन्तर्गत  जम्मा ७ क्याम्प लगाई ५२१ पिन्ट रक्त संक्लन गरिएको छ।यसै क्रममा ललितपुर जिल्लाको लुभु स्थित महालक्ष्मी मन्दिर देविस्थान सभाहल मा ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र ्लामाटार सिस्नेरि समाज सेवा प्रभाग द्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा करिब ८४ पिन्ट रगत संकलन भएकोछ। यो वृहत कार्यमा प्राविधिक सहयोगमा झुटि टोल बिकाश समिति,्दसि नयाटोल उपभोक्ता समिति,मेडिसिटी अस्पताल ललितपुर लगायत सम्पूर्ण संघ संस्था टोल विकास एंव महिला समूहहरूलाई  ब्रह्मकुमारी राजयोग उपसेवाकेन्द्र सिस्नेरि लामाटार ललितपुर प्रमुख सन्चालिका ब्रह्माकुमारि नानु सिजापतिले हार्दिक आभार प्रकट गर्नु भएको छ।


    कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि महालक्ष्मि नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठ ,विशिस्ट अतिथिमा महालक्ष्मि नगरपालिकाका उपमेयर लक्ष्मि महर्जन,जनता प्रसारण तथा प्रकाशन लिमिटेड(जनता टेलिभिजन,रेडियो जनता ८९,१ ,जनता प्रकाशन ) का प्रमुख कार्यकारी अधिकारी ( सिइओ ) रमेश आचार्य, नेकपा एमाले नगर कमिटि अध्यक्ष नकुल थापा,नेपालि काङ्रेस नगरकमिटि सभापति दिवाकर सिलवाल,वडा न ८ अध्यक्ष विश्वराज श्रेष्ठ,वडा न ९ अध्यक्ष जयकृष्ण बोगटी ,वडा न ७ अध्यक्ष बाबुराजा महर्जन लगायत हुनुहुन्थ्यो।



    econmanduu econmanduu    
  • २०८२ भाद्र ७, शनिबार १६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP